PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै



स्थानीय तहको निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै
फाइल फोटो

काठमाडौं : स्थानीय तह निर्वाचनको मितिबारेमा छलफल गर्न उच्चस्तरीय राजनीति समन्वय समितिको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।

कोरोना संक्रमण मुक्त भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यही भेटका क्रममा निर्वाचनको मितिबारे छलफल गर्न मंगलवारका लागि बैठक बोलाउने तय भएको हो।

समन्वय समितिकी सदस्य तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठक बोलाउने तयारी भएको जानकारी दिइन्।

स्थानीय तहको मितिबारे छलफल गर्नका लागि बैठक बोलाइएको भए पनि त्यसबाहेकका एजेण्डा भने तय भइसकेको छैन। निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारेमा छलफल गर्न आयोगले केही दिन अघि सर्वदलीय बैठकसमेत बोलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell