PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश १ को नामाकरण माघ २० देखि शुरु हुने हिउँदे अधिवेशनले गर्ने



प्रदेश १ को नामाकरण माघ २० देखि शुरु हुने हिउँदे अधिवेशनले गर्ने

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामाकरण आगामी हिउँदे अधिवेशनमा गरिने जानकारी दिएका छन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले दिएको जानकारी अनुसार हिउँदे अधिवेशनले प्रदेशको नामकरण गर्ने भएको हो।

‘प्रदेशको हिउँदे अधिवेशन यही माघ २० गतेदेखि शुरु हुँदैछ’, मुख्यमन्त्री राईलाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘प्रदेशको नामाकरण संसद् र सांसदले गर्ने हुँदा यसको छिनोफानो अधिवेशनमै गरिनेछ। प्रदेश सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नेछ।’

पोखरेलले मुख्यमन्त्री राईले प्रदेशको नामाकरणका लागि राजनीतिक भेटघाट शुरु गरिसकेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell