PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आसिफ शेख बने प्रधानमन्त्री कपको प्लेयर अफ द टुर्नामेन्ट



आसिफ शेख बने प्रधानमन्त्री कपको प्लेयर अफ द टुर्नामेन्ट

काठमाडौं : एपीएफ प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २१ रनको जित निकाल्दै उपाधि जितेको हो।

विजेता एपीएफले उपाधिसहित ५ लाख पुरस्कार प्राप्त गरेको छ भने दोस्रो बनेको पुलिस क्लबले ३ लाख पाएको छ। त्यस्तै, सेमिफाइनलमा पुग्ने टोलीले ५०/५० हजार पाएका छन्।

प्रतियोगितामा एपीएफका आसिफ शेख प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्। उनले उपाधिसहित ३० हजार पुरस्कार पाएका छन्। त्यस्तै, बेस्ट बलर लुम्बिनीका अनील खरेल र बेस्ट ब्याट्सम्यान पुलिसका कुशल भुर्तेल घोषित भएका छन्। उनीहरुले २०/२० हजार पुरस्कार पाएका छन्।

यसैगरी, फाइनल खेलको प्लेयर अफ द म्याच एपीएफका किशोर महतो भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell