PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ



मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। मंगलवार दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हो।

पक्राउ पर्नेमा वीरगंज-१ निवासी २६ वर्षीय सुमन पटेल रहेका छन्। पटेलले जनकपुरलाई प्रदेशको राजधानी बनाएको विरोधमा निकालिएको मोटरसाइकल र्‍यालीबाट निस्केर मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा प्रहार गरेका थिए।

पटेलले प्रहार गरेको ढुङ्गाबाट राउत निवासको २ वटा सिसा फुटेको छ। वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो। उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धि कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell