PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बंगलादेशी अभिनेत्री राइमाको शव फेला, श्रीमानले स्वीकार गरे अपराध



बंगलादेशी अभिनेत्री राइमाको शव फेला, श्रीमानले स्वीकार गरे अपराध

बंगलादेशकी अभिनेत्री राइमा इस्लाम शिमुको शव ढाकाको केरानीगञ्ज क्षेत्रस्थित एउटा पुल नजिकै बोरामा फेला परेको छ। प्रहरीका अनुसार सोमवार बिहान अलिपुर पुल नजिकै केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शरीरमा धेरै चोटका निशान रहेकाले उनको निर्ममतापूर्वक हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको छ। घटनापछि प्रहरीले राइमाका श्रीमान शाखावत अली नोबल र उनका ड्राइभरलाई सोधपुछको लागि हिरासतमा लिएको थियो। अलीले यसअघि कालाबगन प्रहरी चौकीमा राइमा हराएको रिपार्ट दिएका थिए।

घण्टौँसम्मको सोधपुछपछि राइमाका श्रीमानले अपराध स्वीकार गरेको बताइएको छ तर हत्याको कारण भने खुल्न सकेको छैन। राइमाका श्रीमान शाखावत अहिले तीन दिनको हिरासतमा छन्। यसैबीच, प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको र रिपोर्ट पर्खिरहेको बताएको छ।

राइमा बंगलादेशी फिल्म र टिभी इन्डस्ट्रीकी एक लोकप्रिय अनुहार थिइन्। सन् १९९८ मा ‘बार्तामान’बाट अभिनयमा डेब्यू गरेकी उनले त्यसयता २५ वटा चलचित्र र केही टिभी शोमा पनि काम गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell