PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मौसम नखुल्दा आन्तरिक उडान प्रभावित



मौसम नखुल्दा आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम प्रतिकूलताका कारण आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका छन्। बिहीवार काठमाडौं बाहिरका चारवटा विमानस्थल मात्र खुल्ला छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यो प्रभावले आज हुन लागेको एक सय १२ वटा उडान प्रभावित हुनेछन्। 'विभिन्न वायुसेवा कम्पनीको उडान तालिका समयमा हुन नसकेपछि साँझसम्मका उडानहरु डिले हुने सम्भावना रहेको छ। वायुसेवा कम्पनीले आफ्नो यात्रुलाई पूर्व जानकारी गराइसकेका छन्,' विमानस्थलका एक कर्मचारीले भने।

बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, तारा, समिट लगायतका वायुसेवा कम्पनीको उडान बिहानैदेखि प्रभावित भएको विमानस्थलले जनाएको छ।

यतिखेर पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटार बाहेकका अधिकांश विमानस्थलमा भिजीबिलिटी कम रहेको बुद्ध एयरले जानकारी दिएको छ। कम्पनीले यतिखेर भिएफआर अन्तर्गतको उडानलाई प्राथमिकता दिँदै उडान संचालन गर्दै आएको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell