PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

धनुषामा एक युवतीको विभत्स हत्या



धनुषामा एक युवतीको विभत्स हत्या
FILE PHOTO

जनकपुरधाम : धनुषामा एक जना युवतीको वीभत्स हत्या गरिएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोल नजिकै पूर्व-पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए। युवतीको परिचय खुल्न सकेको छैन।

कालो वर्णकी ती युवतीले रातो रंगको स्वीटर र निलो रंगको कुर्ता सुरुवाल लगाएकी छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ। यद्यपि, यसको विस्तृत विवरण खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell