PahiloPost

Jul 3, 2024 | २० असार २०८१

गण्डकीमा कास्की पछि स्याङ्जा जिल्लामा थपिँदै संक्रमितको संख्या



गण्डकीमा कास्की पछि स्याङ्जा जिल्लामा थपिँदै संक्रमितको संख्या

पोखरा : गण्डकी प्रदेशमा बिहीबार थप ६२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

निर्देशनालयको तथ्यांक अनुसार कास्कीमा आज २४१ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला कास्कीमा आज थपिएको संख्यासंगै सक्रिय संक्रमित १ हजार ७३३ पुगेको छ।

यस्तै, कास्कीपछि आज सबैभन्दा बढी स्याङ्जा जिल्ला १०७ जना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३९३ पुगेको छ।

आज गोरखामा ४१, म्याग्दीमा ४४, लम्जुङमा २६, तनहुँमा ६७, नवलपरासी पुर्वमा ६०, पर्वतमा ७ र बागलुङमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।

निर्देशनालयले दिएको जानकारी अनुसार आज प्रदेशमा कोरोना संक्रमण कारण एकजनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा गोरखा पालुङटारकी ६९ वर्षीया महिला रहेकी छिन्। हालसम्म प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४३० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell