PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उच्च अदालत वीरगंज इजलासका ५ न्यायधीशसहित २३ जना कर्मचारी संक्रमित भएपछि घटाइयो सेवाको दायरा



उच्च अदालत वीरगंज इजलासका ५ न्यायधीशसहित २३ जना कर्मचारी संक्रमित भएपछि घटाइयो सेवाको दायरा

वीरगंज : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले सेवाको दायरा घटाएको छ। अदालतका ५ न्यायधीशसहित २३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवाको दायरा घटाइएको हो।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वस्थ्य सावधानी अपनाउँदै उच्च अदालत बार एसोसिएसन वीरगंज र सर्वोच्च अदालनको आदेशबमोजिम हाललाई सेवाको दायरा घटाइएको अदालतका निमित्त रजिष्ट्रार भेषराज पौडेलले बताए। जारी सूचना अनुसार बन्दी प्रत्यक्षीकरणको निवेदनको नियमित रुपमा सुनुवाई, अन्तरिम आदेशको छलफलसम्बन्धि काम, एकल इजलासबाट हेर्ने निवेदनको प्रारम्भिक सुनुवाई, मुद्दा फिर्ता तामेली एवं मिलापत्रसम्बन्धि कामकारबाही लगायतका काम भने सञ्चालन हुनेछन्।

त्यसैगरी, म्याद थप, पक्राउ पुर्जी जारी, जरुरी पक्राउ पुर्जीको स्वीकृती तथा अभियोग पत्र दर्ता, ब्यानर र थुनछेक सम्बन्धि कार्य, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमको निवेदन उपर सुनुवाई, मुद्दा दर्ता गर्ने, तारिख दिने लगायतका कार्यहरु सञ्चालन हुने सूचनामा उल्लेख छ। भिडभाड नहुने गरी न्यून जनशक्तिबाट आलोपालो कामकारबाही सञ्चालन हुने पनि सूचनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell