काठमाडौं : उपत्यकामा चिसो केही घटे पनि मौसम भने खुल्न अझै केही समय लाग्ने देखिएको छ। न्युनतम तापक्रम ४ पुगेको उपत्यकामा शुक्रवार न्युनतम तापक्रम ७ मापन गरिएको छ। अधिकतम तापक्रम भने उक्लन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। बिहीवार उपत्यकामा वर्षासमेत भएको थियो भने देशका उच्च स्थानहरुमा हिमपात भएको थियो।
अहिले पनि विभिन्न क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
शुक्रवार
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
शनिबार
दिउँसो : देशका पहाडी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही तराईका भू-भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिकदेखि सामान्यतय बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतवार
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
राती : देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बाँकी पहाड तथा तराईका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।