
यतिखेर बजारमा प्रतिस्पर्धा छ उकालो लाग्ने। कोभिड १९ संक्रमितको संख्या चर्चामा छ यतिखेर। त्यसरी नै चम्किरहेको छ महँगी। भाइरसले ग्राफ उकालो लगाइरहँदा महँगीको ग्राफ उकास्न सरकार आफैँ लागेको छ। मिलेसम्म कर लिने अनि आयल निगम घाटामा देखाउँदै मूल्य बढाउने। अब इन्धनको भाग बढेपछि अरु सस्तिने त कुरै रहेन। महँगीको ग्राफले पनि रफ्तार लिइरहर्यो। प्रधानमन्त्री शेरबहादुर देउवाको उपलब्धी नै हो अहिलेको महँगी। कि कसो?