PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मूल्यवृद्धिको विरोधमा उत्रियो नेविसंघ, गर्‍यो हस्ताक्षर संकलन

मूल्यवृद्धिको विरोधमा उत्रियो नेविसंघ, गर्‍यो हस्ताक्षर संकलन


काठमाडौं : पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजधानीमा प्रदर्शन गरेको छ। नेविसंघले मूल्यवृद्धिको विरोध गर्दै हस्ताक्षर संकलन समेत गरेको छ।

शुक्रवार नेपाल प्राविधिक विद्यार्थी परिषद्, नेविसंघ अस्कल, एनसीसी र कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले विरोध तथा हस्ताक्षर संकलन गरेका हुन्। विद्यार्थीहरुले बानेश्वर चोक, कोटेश्वर चोक तथा माइतीघरलगायतका स्थानमा प्रदर्शन गरेका थिए।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै इन्धनको भाउ बढाएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell