PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोभिडका कारण बालबालिकामा रिसाहापन बढ्यो : युनिसेफ



कोभिडका कारण बालबालिकामा रिसाहापन बढ्यो : युनिसेफ

काठमाडौं : कोभिड-१९ महामारीका कारण नेपालमा बालबालिका र तिनका परिवारको अवस्था परिवर्तन भएको एक सर्वेक्षणले देखाएको छ। युनिसेफ नेपालको ‘चाइल्ड एण्ड फेमिली ट्र्याकर सर्भे’ले पान्डेमिकका कारण बालबालिकाहरुमा मनोसामाजिक प्रभाव परेको देखाएको हो।

सेयरकास्ट इनिसिएटिभ नेपाल र युनिसेफ नेपालको सहकार्यमा शुक्रवार आयोजित भर्चुअल कार्यक्रममा आठौँ सर्भेको निष्कर्षबारे जानकारी दिइएको थियो। सो क्रममा युनिसेफ नेपालका सामाजिक सुरक्षा विशेषज्ञ ठाकुर ढकालले कोभिडका कारण २०२० मा रोजगारी तथा आम्दानी गुमाउने परिवार बढेर ६१ प्रतिशतसम्म पुगेको भएपनि २०२१ सम्म आइपुग्दा ३३ प्रतिशतमा झरेको जानकारी दिए।

महामारीको क्षति परिपूर्ति गर्न २१ प्रतिशत परिवारले ऋण लिएको उनले बताए। महामारीका कारण बालबालिकाका लागि आहारको कमी हुनुका साथै उनीहरु शिक्षामा पछि परेको उनको भनाइ थियो। त्यसमा पनि सुदूरपश्चिमका बालबालिका बढी प्रभावित भएको सर्भेबाट पत्ता लागेको उनले बताए।

कोभिडका कारण परिवारमा तनाव हुँदा बालबालिकाहरुमा रिसाहापन बढेको उनले बताए। त्यस्तै, विशेषगरी दलित परिवारले कोभिडका कारण अझ बढी गरिबीको सामना गर्नु परेको ठाकुरले बताए। कोभिड महामारीले सबैलाई प्रभाव पारेको भएपनि परम्परागत कृषि पेशमा लागेकाहरु तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु निकै प्रभावित बनेको उनको भनाइ थियो।

उनले कोभिडको सेकेन्डरी प्रभावलाई बेलैमा सम्बोधन नगरिए धेरैभन्दा धेरै परिवारहरु गरिबीतर्फ धकेलिने बताए। जसले सामाजिक तथा राजनीतिक तनाव उत्पन्न गराउने उनले बताए।

कार्यक्रममा युनिसेफ नेपालकी प्रतिनिधि एल्के विसले महामारीका कारण बालबालिकाहरु अत्यधि प्रभावित भएको बताइन्। धेरै परिवारले आम्दानीको स्रोत गुमाएको भन्दै उनले धेरैले गरिबीको सामना गर्नुपरेको पनि बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell