PahiloPost

May 14, 2024 | १ जेठ २०८१

आहा रारा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै पुलिस क्लब क्वाटरफाइनलमा



आहा रारा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै पुलिस क्लब क्वाटरफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई टाइ ब्रेकरमा हराउँदै पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेलको ५२औँ मिनेटमा पुलिस क्लबले अग्रता लिएको थियो। निरकुमार राईको गोलमा पुलिसलाई सुरुवाती अग्रता मिलेको हो। तर, ५९औँ मिनेटमा हिमालयनका तर्फबाट कप्तान विश्वास श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। बराबरीमा सकिएको खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत भएको हो।

क्वाटरफाइनलमा पुलिस क्लबले मनाङ मर्स्याङ्दीको सामना गर्नेछ।

सहारा क्लब पोखराको आयोजनामा हिजोदेखि शुरु प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell