PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

खुलेन मौसम, देशका विभिन्न स्थानमा वर्षाको सम्भावना



खुलेन मौसम, देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं : माघको पहिलो हप्ता सकिँदा पनि उपत्यकाको मौसम खुल्न सकेको छैन। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। आज दिउँसो देशका विभिन्न स्थानमा वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। 'दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहि प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा उल्लेख छ।

राति भने केही प्रदेशको मौसम सुध्रिने देखिएको छ। 'प्रदेश नं १ को पहाडी भू-भागहरुमा  आंशिकदेखि सामान्य बदली  रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell