PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सर्वदलीय बैठकबारे एमालेको दाबी : हाम्रो पार्टीलाई कुनै जानकारी नै छैन



सर्वदलीय बैठकबारे एमालेको दाबी : हाम्रो पार्टीलाई कुनै जानकारी नै छैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि डाकेको सर्वदलीय बैठकबारे आफ्नो पार्टीलाई कुनै जानकारी नभएको एमालेले जनाएको छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एक वक्तव्य जारी गर्दै सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको जनाएका हुन्।

'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं,' रिजालले भनेका छन्। यसअघिका सर्वदलीय बैठक एमालेले बहिस्कार गर्दै आएको थियो।

रिजालले स्थानीय तहको निर्वाचन धकेल्ने प्रयास सत्तारुढ गठबन्धनले गरेमा एमालेको सहमति नरहनेसमेत स्पष्ट पारेका छन्। 'स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को किमार्थ सहमति नहुने हाम्रो धारणा स्पष्ट नै छ,' उनले भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell