काठमाडौं : नेकपा माओवादी केन्द्रले शनिवार बिहानै केन्द्रीय कार्यालय पेरिसडाँडामा परामर्श बैठक राखेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गर्न बैठक राखेका हुन्।
बैठकमा राष्ट्रिय सभा तथा तीनै तहका निर्वाचन, कोरोना रोकथाम तथा नियन्त्रण, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल जारी रहेको बताइएको छ। बैठकपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा नेताहरु पुग्ने बताइएको छ।