PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देशभरका अदालतमा आइतवार शोक बिदा



देशभरका अदालतमा आइतवार शोक बिदा

काठमाडौं : पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधवार नै निधन भए पनि शनिवार अन्त्येष्टि भएको थियो। छोरा बिदेशबाट फर्किएपछि शनिवार शर्माको अन्त्येष्टि गरिएको हो।

सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतवार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले बताए। शर्माको निधनले राष्ट्रप्रेमी न्यायिक व्यक्तित्वलाई गुमाएको पूर्ण बैठकको निर्णयमा उल्लेख छ।

शर्माको बुधवार निवास कमलपोखरीमा निधन भएको थियो। उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०५४ चैत ३० देखि २०५६ मंसिर ३० सम्म शर्मा प्रधानन्यायाधीश रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell