PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भरतपुर अस्पतालको जेनेरल ओपीडी र रुटिन अपरेसन सेवाहरु बन्द



भरतपुर अस्पतालको जेनेरल ओपीडी र रुटिन अपरेसन सेवाहरु बन्द

काठमाडौं : भरतपुर अस्पतालको बहिरंग सेवा विभाग र रुटिङ अपरेसन सेवाहरु बन्द भएको छ। अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भई उपचाररत तथा आइसोलेसनमा रहेको भन्दै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

आइतवारदेखि लागू हुने गरी सामान्य बहिरंग सेवा विभाग (जीओपीडी) र रुटिङ अपरेसन सेवाहरु अस्पतालबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको बताइएको छ। आपतकालिन अपरेसन सेवा भने २४सै घण्टा सञ्चालनमा रहने अस्पताल प्रशासनले बताएको छ।

साथै, अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्न अनुरोध समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell