दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को ‘रंग विरंगी रात फिरंगी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स देख्न सकिन्छ।
गीतमा समावेश स्वस्तिमाको बोल्ड अवतार र दमदार डान्सलाई दर्शकले निकै मन पराएका छन्। जसकारण रिलिज भएको छोटो समयमै यो गीत नेपालमा युट्युवको ट्रेन्डिङको चौथो स्थानमा आउन सफल भएको छ।
तनिष्क नब्बरको शब्द रहेको गीतमा बिजीबालले संगीत भरेका छन्। गीतमा सुनिधि चौहानको स्वर सुन्न सकिन्छ। फिल्म ‘मलयालम’ भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ।
राजीव सेठ्ठीको निर्देशन रहेको यो फिल्ममा भारतीय निर्माता एसके लारेन्स र नेपालका तर्फबाट सरोज न्यौपानेको लगानी रहेको छ।
भारतलगायत नेपालका पोखरा, काठमाडौं र मुस्ताङजस्ता स्थानमा छायाङ्कन गरिएको फिल्ममा स्वस्तिमाका साथै माओेत्से गुरुङ र उमेश तामाङको अभिनय रहेको छ। यसै फिल्ममार्फत स्वस्तिमाले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी हुन्।
यो फिल्म मलयालम, कन्नड, तमिल, तेलूगूका साथै हिन्दी भाषामा समेत रिलिज हुनेछ।