PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बैशाखमा एसईई र जेठमा कक्षा १२ को परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी



बैशाखमा एसईई र जेठमा कक्षा १२ को परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा गर्नेगरी तयारी शुरु गरेको छ। बोर्डले बैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सकेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी शुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे।

विद्यार्थीको पढाइ पुर्‍याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो। परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell