PahiloPost

Nov 14, 2024 | २९ कात्तिक २०८१

कोभिड पोजिटिभ देखिएका स्वास्थ्यकर्मीलाई सात दिन बिदा दिने भरतपुर क्यान्सर अस्पतालको निर्णय



कोभिड पोजिटिभ देखिएका स्वास्थ्यकर्मीलाई सात दिन बिदा दिने भरतपुर क्यान्सर अस्पतालको निर्णय

काठमाडौं : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले कोभिड-१९ पोजिटिभ देखिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सात दिन बिदा दिने भएको छ। अस्पतालले आइतवार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सात दिनपछि काममा फर्किन निर्देशन दिएको छ।

अस्पतालले कोभिड-१९ पान्डेमिक व्यवस्थापन उप समितिको आइतवार बसेको बैठकको सिफारिस बमोजिम कोरोना पोजिटिभ पुष्टि भएमा सात दिनसम्म आइसोलेसनमा बसी आठौँ दिनदेखि नियमित काममा आउनु पर्ने बताएको हो।

त्यस्तै, कोरोनाका कारण अस्पताल भर्ना भएको खण्डमा डिस्चार्ज भएपछि तीन दिन बिदा दिने निर्णय भएको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell