PahiloPost

Jul 4, 2025 | २० असार २०८२

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न मरिससको टोली काठमाडौं ओर्लँदै, यस्तो छ पछिल्लो प्रदर्शन



नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न मरिससको टोली काठमाडौं ओर्लँदै, यस्तो छ पछिल्लो प्रदर्शन
फोटो : Mauritius Football Association

काठमाडौं: नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आउँदैछ। मरिससको टोली आज दिउँसो सवा ११ बजे काठमाडौं ओर्लने छ।

नेपाल र मरिससबीच माघ १५ र १८ मा खेल हुनेछ।

फिफा वरीयताका हिसाबले मरिसस नेपालभन्दा पछाडि छ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।

पछिल्लो समय २०२० मा बंगबन्धु गोल्डकपमा सहभागी भएको मरिससको पछिल्ला प्रदर्शनहरु खासै उत्कृष्ट छैन। बंगबन्धु २०२० को समूह बी मा रहेको मरिससले बुरुन्डीसँग १-४ गोलअन्तरको पराजय र सेनेगलसँग २-२ को बराबरी खेलेको थियो। मरिसस जितको खडेरी तोड्न चाहन्छ।

अर्कोतर्फ पछिल्लो समय नेपालले सेप्टेम्बर २ र ५ मा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिप खेलेको थियो। जसमा पहिलो पटक साफको उपविजेता बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell