PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सामाजिक सञ्जालमा किन भाइरल छिन् अनुष्का र विराटकी छोरी वामिका?



सामाजिक सञ्जालमा किन भाइरल छिन् अनुष्का र विराटकी छोरी वामिका?

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी छोरी वामिका अहिले सामाजिक सञ्जालमा भाइरल छिन्। अनुष्का र वामिका भएको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

हिजो आइतवार अनुष्का छोरीसहित श्रीमानको क्रिकेट म्याच हेर्न स्टेडियम पुगेकी थिइन्। विराट दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रिएका थिए। विराटले ५० रन बनाउँदा क्यामेरा अनुष्का र वामिका भएतिर तेर्साइयो। जहाँ अनुष्का छोरीलाई काखमा लिएर खुसी हुँदै ताली बजाउँछिन्। गुलाबी रंगको फ्रकमा वामिका पनि मुस्कुराउँदै ताली बजाउँछिन्। उक्त प्रसारणमा वामिकाको अनुहार प्रष्ट देखिएको छ।

वामिकालाई कैद गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जाललगायत टिकटकमा भाइरल छ। यसअघि वामिकाको अनुहार देख्न नपाएका दर्शकहरु पहिलो झलक देख्न पाउँदा निकै खुसी भएका छन्। ट्विटरमा ह्यासट्याग वामिका भनेर ट्रेन्ड नै चलेको छ। धेरैले विराटसँग अनुहार मिलेको भन्दै वामिकालाई ‘मिनी विराट’ समेत भनिरहेका छन्।

यसअघि पनि वामिकाको तस्विरहरु इन्टरनेटमा भाइरल भइसकेका छन्। तर, लिक भएका ती तस्विरहरुमा वामिकाको अनुहार भने धमिलो बनाइएको हुन्थ्यो। त्यसैगरी, अनुष्का र विराटले भने अहिलेसम्म छोरीको अनुहार देखिने फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छैनन्। जसकारण पनि वामिकाको भिडियो र तस्विर दर्शकहरुका लागि चासोको विषय बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell