PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ढाका फिल्म फेस्टिभलमा सुजित बिडारीले पाए उत्कृष्ट निर्देशकको अवार्ड, ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा ‘पुतलीको सपना’ प्रथम



ढाका फिल्म फेस्टिभलमा सुजित बिडारीले पाए उत्कृष्ट निर्देशकको अवार्ड, ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा ‘पुतलीको सपना’ प्रथम

काठमाडौं : ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली फिल्मले अवार्ड जित्न सफल भएका छन्। हिजो बंगलादेशको राजधानी ढाकामा सम्पन्न २०औँ फिल्म फेस्टिभलमा निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन्।

एसियाली फिल्म विधामा उनी फिल्म ‘ऐना झ्यालको पुतली’बाट उत्कृष्ट निर्देशक घोषित भए। त्यसैगरी, ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा किरण पोखरेलको निर्माणाधीन फिल्म ‘पुतलीको सपना’ प्रथम भएको छ। यस फिल्मले प्रथम हुनुका साथै ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ।

भारतबाट पी​​एस विनोथराज निर्देशित तमिल फिल्म ‘पेबल्स’  उत्कृष्ट एसियाली फिल्मको रुपमा घोषित भएको छ। यस फिल्मले भारतबाट वर्षकै उत्कृष्ट फिल्मको रुपमा अस्कर २०२२ मा इन्ट्री समेत पाएको छ।

२०औँ ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ७० देशका २२५ फिल्महरू देखाइएको थियो। रेन्बो फिल्म सोसाइटीले आयोजना गरेको फेस्टिभलको समापन समारोहमा विभिन्न १७ विधामा अवार्ड दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell