PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द



जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल : जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण  देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरिएको प्रशासनले बताएको छ।

प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलका अनुसार कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। अरु कर्मचारीहरुमा  समेत कोरोनासँग मिल्दाजुल्दा केही लक्षणहरु देखा परेपछि भोलि (मंगलवार)देखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको हो।

पछिल्लो समय कार्यालयमा सेवाग्राहीहरुको भिडभाड पनि बढी भएकाले भिडभाडमा सेवा प्रवाह गर्दा थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

सोमवार मात्रै जिल्लामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गुल्मीमा कुल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। कोरोना संक्रमणबाट जिल्लामा ९७ जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell