PahiloPost

May 15, 2024 | २ जेठ २०८१

जगरनाथपुरका मन्टुको हत्या अभियोगमा ५ जना पक्राउ, प्रहरी भन्छ, 'पुरानो रिसइबी देखियो'



जगरनाथपुरका मन्टुको हत्या अभियोगमा ५ जना पक्राउ, प्रहरी भन्छ, 'पुरानो रिसइबी देखियो'

वीरगंजः दुई साताअघि भएको एक बालकको हत्या अभियोगमा पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जगरनाथपुर -६ का नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोबारी राउत अहिर, नारायण राउत अहिर, शत्रुघनप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव रहेका छन्।

पक्राउ परेकालाई प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

मन्टुको शव पुस २३ गते गाउँ नजिककै उखुबारीमा फेला पारिएको थियो। अपहरणपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र मन्टुको परिवारबीच पुरानो रिसइबी देखिएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell