PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रसिया - युक्रेन तनावमा पेन्टागनको प्रवेश : आठ हजार बढी अमेरिकी सेना 'हाइ अलर्ट'मा



रसिया - युक्रेन तनावमा पेन्टागनको प्रवेश : आठ हजार बढी अमेरिकी सेना 'हाइ अलर्ट'मा
फोटो : AP

युक्रेनमा रसियाले गर्न सक्ने हमलाको पूर्वानुमान गर्दै अमेरिकाले यस्तो अवस्थाको सामना गर्न आफ्ना सेनाहरु तयारी अवस्थामा रहेको जनाएको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले सोमवार युक्रेनको सीमामा रसियाली सेनाहरु तैनाथ हुन सक्ने भन्दै आठ हजारभन्दा बढी अमेरिकी सेना हाइ अलर्टमा रहेको बताएका हुन्

युक्रेन मामिला चर्किँदै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमवार युरोपेली राष्ट्रका नेताहरुसँग भर्चुअल बैठकमा यसबारे छलफल गरेका थिए। पछिल्लो समय रसियाले युक्रेनको सीमामा सेनाको संख्या बढाउँदै लगेको बताइएको छ।  

पेन्टागनले आफ्नो सेना तयारी अवस्थामा राखे पनि कहिले र कहाँ तैथान गर्नेबारे कुनै स्पष्ट पारेको छैन। यता रुसले भने युक्रेनमा युद्धको कुनै मनासय नभएको दाबी गर्दै आएको छ। यद्यपि रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा यसअघि गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell