PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जितु र साम्राज्ञीको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ को छायाङ्कन शुरु



जितु र साम्राज्ञीको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ को छायाङ्कन शुरु

काठमाडौं : फिल्म ‘ह्यारीकी प्यारी’को शुभ मुहर्तसँगै आजबाट छायाङ्कन शुरु भएको छ। कपिल रिजालको निर्देशनमा बन्न लागेको यस फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भुमिका रहेको छ।

‘छक्का पन्जा’ टिमसँग काम गर्दै आएका जितुले पहिलोपटक सो टिम बाहिरको फिल्ममा काम गरेका छन्। फिल्ममा जितु र साम्राज्ञी प्रेमीप्रेमिकाको भूमिकामा देखिनेछन्। फिल्मको पर्वत जिल्लाको भूक देउरालीमा छायाङ्कन भइरहेको जनाइएको छ।  यस फिल्मलाई सुदीप बरालले खिचिरहेका छन्।

लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा लगानी गरेका थिए।

फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell