PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गायन रियालिटी शो ‘सिङ्गरः सोलफुल भ्वाइस’ हुने घोषणा



गायन रियालिटी शो ‘सिङ्गरः सोलफुल भ्वाइस’ हुने घोषणा

काठमाडौं : केही बर्ष यता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दो छ। यसैक्रममा ‘सिङ्गरः सोलफुल भ्वाइस’ नामक रियालिटी शो हुने घोषणा भएको छ।

डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिले गर्न लागेको यो शोलाई अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दावी छ। नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा भइरहेको अवस्थामा आफ्नै मौलिक शो शुरु गर्न लागिएको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिका सञ्चालक श्याम धितालको भनाइ छ।

प्रतिस्पर्धामा सहभागीहरुले भाषाको दायरा तोडेर नेपालमा रहेका प्रमुख छ भाषामा गीत गाउन पाउनेछन्। नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले पनि शोमा भाग लिन सक्ने बताइएको छ।

यस शोको प्रसारण ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै नयाँ वर्ष बैशाखबाट शुरु गरिने भएको छ। विजेतालाई नगद २५ लाखसहित कार दिने आयोजकले घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell