PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको मुद्दामा १५ वर्षपछि शिल्पाले पाइन् राहत



सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको मुद्दामा १५ वर्षपछि शिल्पाले पाइन् राहत

सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको भनि शिल्पा शेट्टीविरुद्ध दर्ता भएको मुद्दामा शिल्पालाई राहत मिलेको छ। अदालतले १५ वर्षपछि शिल्पाको पक्षमा फैसला सुनाएको हो।

हलिउड अभिनेता रिचर्ड गियरले सन् २००७ मा राजस्थानमा भएको एक कार्यक्रममा शिल्पालाई चुम्बन गरेका थिए। सार्वजनिक स्थानमा चुम्बन गरेर अश्लीलता फैलाएको आरोप लगाउँदै शिल्पाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त घटनापछि अभिनेत्रीविरुद्ध अश्लीलताको आरोपमा राजस्थानमा दुई र गाजियाबादमा एउटा गरी तीन मुद्दा दर्ता गरिएको थियो।

शिल्पालाई लगाइएको आरोप निराधार रहेको भनि अदालतले मुद्दा खारेज गर्दै शिल्पाको पक्षमा फैसला सुनाएको हो। अदालतका अनुसार शिल्पा शेट्टीले घटनाको केही समयपछि आफ्नो अवस्थाबारे स्पष्ट पारेकी थिइन्। प्रहरीको प्रतिवेदन र पेश गरिएका कागजात अध्ययन गरेपछि शिल्पामाथि लगाइएको आरोपमा दम नभएकाले  कसुरबाट मुक्त गरिएको बताइएको छ।

केही समयअघि शिल्पा श्रीमान राज कुन्द्राका कारण चर्चामा आएकी थिइन्। शिल्पाका श्रीमान राज कुन्द्रालाई अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा पक्राउ गरिएको थियो। दुई महिना जेलमा बसेपछि राज जमानतमा छुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell