PahiloPost

May 14, 2024 | १ जेठ २०८१

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा



वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

हेटौँडा : भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा तयारी पूरा भएको छ। वाग्मती प्रदेशमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदमा भोलि (बुधवार) हुने निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ।

मतदान हेटौँडा-९ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभाहलमा बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ। निर्वाचन अधिकृतको कार्यालयले कोरोना संक्रमणको जोखिमकै बीच निर्वाचनको तयारी गरेको छ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै निर्वाचन गरिने प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत वाग्मतीबाट रिक्त १ महिला र १ अन्य गरी २ सदस्यका लागि ६ जनाको उम्मेद्वारी परेको छ।

कोभिड-१९ महामारीमै हुने निर्वाचनमा स्वास्थ्य सुरक्षाको चुनौती देखिएकाले निर्वाचन व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरिएको छ। निर्वाचन अधिकृत तथा जिल्ला अदालत मकवानपुरका प्रमुख न्यायाधीश डिल्लीरत्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चारवटा निर्णय भएको हो।

जसअनुसार मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने निर्णय भएको छ। मतदाताहरू कोही कोरोना संक्रमित भए वा लक्षण देखिए उनीहरूलाई मतदानको लागि छुट्टै व्यवस्थापन मिलाइने भएको छ।

मतदान स्थलमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको हेल्पडेस्क रहनेछ। मतदानस्थलमा कसैलाई स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिने भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा १०९ प्रदेशसभा सदस्य तथा ११९ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशमा १०९ प्रदेशसभा सदस्य र ११९ स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३४६ जना मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ। जसअनुसार निर्वाचनमा १०९ प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुखको चार हजार २६६ मतभार छ। प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell