PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला, हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका



रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला, हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका

बुटवल : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिकास्थित घोडाहा जंगलमा दुई जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीले एक महिला र एक बालिकाको शव जंगलमा फेला परेको जानकारी दिए। उनीहरुको पहिचान खुल्न सकेको छैन।

‘जंगलमा महिला र बालिकाको शव फेला परेको छ, शवको अवस्था हेर्दा हत्या गरी फालिएको जस्तो देखिएको छ,’ एसपी केसीले भने।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell