PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेलिकप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख रावतलाई पद्म विभुषण पदक



हेलिकप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख रावतलाई पद्म विभुषण पदक
फोटो : PTI

हेलिकप्टर दुर्घटनामा परी निधन भएका भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई पद्म विभुषण पदक प्रदान गरिने भएको छ। भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा रावतलाई मरणोपरान्त उक्त पदक प्रदान गर्ने निर्णय गरेको हो।

एमआइ सिरिजको हेल्कप्टर गत मंसिर २२ गते तलिमनाडुमा दुर्घटना हुँदा रावतको निधन भएको थियो। पद्म विभुषण पद्म सिरिजको दोस्रो सम्मानित अवार्ड हो। कांग्रेस नेता तथा जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री घुलम नभी अजाद र पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्जीलाई पद्म भुषण पदक दिने घोषणा गरिएको छ। बुद्धदेवले भने आफूले उक्त पदक नलिने घोषणा गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell