PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या



भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो पुष्टि भएको संक्रमितको संख्याभन्दा आजको संख्या ३० हजारले बढी हो। भारतको कोरोनाको दैनिक संक्रमण दर १६.१६ प्रतिशत रहेको छ।

भारतमा चारदिनदेखि लगातार ओरालो लाग्दै गरेको कोरोना संक्रमितको ग्राफ फेरि उकालो लागेको छ। हिजो २ लाख ५५ हजार ८७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियो।

त्यसैगरि सोमवार ३ लाख ६ हजार ६४ जना, आइतवार ३ लाख ३३ हजार ५३३ जना र शनिबार ३ लाख ३७ हजार ७०४ जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रवारको तथ्याङ्क हेर्ने हो भने ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पहिचान भएको थियो।

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ९९ हजार ७३ जना कोरोना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २२ लाख २३ हजार १८ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने हिजोभन्दा केही घटेको छ। हिजो संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ थियो।

त्यसैगरि पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणका कारण थप ६६५ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell