PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडी यसरी फोडे सिके राउतका कार्यकर्ताले

मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडी यसरी फोडे सिके राउतका कार्यकर्ताले

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुर : राष्ट्रिय सभाको रिक्त सदस्यका लागि मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडीमा सिके राउतका कार्याकर्ताले तोडफोड गरेका छन्।

बिहानैबाट मधेश प्रदेशको जनकपुरमा प्रदर्शनमा उत्रेका नेपाल जनमत पार्टीका कार्याकर्ताले प्रहरी नभएको मौका छोपेर हरिवन नगरपालिका सर्लाहीको उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन्। गाडीमा हरिवनका मेयर गणेशप्रसाद प्रसाई, संविधानसभा सदस्य कमलादेवी महतोसमेत सवार थिए।

रामचोकमा भएको उक्त घटनापछि प्रहरी पुगेका थिए। प्रहरी आइपुगेपछि तोडफोडमा उत्रिएकाहरु भागेका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमेयर पौडेलमाथि प्रदर्शनकारीले लाठी प्रहार गरेको समेत बताइएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell