PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना



लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना

बुटवल : राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी दुर्घटनामा परेका छन्।

चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (ख) मा नेकपा (एमाले)बाट निर्वाचित सांसद चौधरी सवार स्कारपियो गाडी कालाकाटे नजिकै सुदूरपश्चिम प्रदेश ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको हो।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको उक्त गाडीमा एमाले सांसद सुनिता ठटेर, शुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरी, उपप्रमुख शान्तिदेवी ज्ञवाली समेत रहेका थिए। उनीहरुको अवस्था सामान्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell