PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

राष्ट्रियसभाको निर्वाचन : वाग्मती प्रदेशमा राप्रपाले पनि गर्‍यो मतदान



राष्ट्रियसभाको निर्वाचन : वाग्मती प्रदेशमा राप्रपाले पनि गर्‍यो मतदान

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेद्वार नभएकोले मतदान नगर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशमा मतदान गरेको छ।

वाग्मती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेको बताइएको छ। राप्रपाले सत्ता गठबन्धनलाई मत दिएको स्रोत जनाएको छ।

मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन्। राप्रपाको वाग्मती प्रदेशमा स्थानीय तहमा २ जना र प्रदेशसभामा २ जना प्रतिनिधि छन्। राप्रपाले एमालेमा मतदान गर्ने औपचारिक निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell