PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ३६६ मत खस्यो



राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ३६६ मत खस्यो

जनकपुरधाम : राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा ९८ प्रतिशत मतदान गरिएको छ। कुल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन्।

कुल ३७२ मत रहेको यस प्रदेशमा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए। प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख/उपप्रमुख)तर्फ ४ जनाले मतदान नगरेको उनले जानकारी दिए।

प्रदेशसभा सदस्य तर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मत खसालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell