PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरले बन्द गर्‍यो अत्यावश्यक बाहेकका सबै सेवा



कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरले बन्द गर्‍यो अत्यावश्यक बाहेकका सबै सेवा

पोखरा : पोखरा महानगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि महानगरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। बुधवार महानगरले एक सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको जानकारी दिएको छ।

‘संक्रमण जोखिम थप बढ्न सक्ने हुँदा सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका नियमित सेवाहरु मिति २०७८/१०/१६ गते सम्मका लागि स्थगन गरिएको सबैमा जानकारी गराइन्छ’, महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले पनि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिसकेको छ।

कास्कीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४७७ पुग्यो

कास्कीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ७७ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधवार दिएको तथ्यांकअनुसार आज कास्कीमा ३ सय ८५ सहित प्रदेशमा थप ७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशमा आज थपिएका संक्रमितको संख्यासँगै सक्रिय संक्रमितको संख्या ७ हजार ३१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell