PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तीनै उम्मेद्वार विजयी



राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तीनै उम्मेद्वार विजयी

बुटवल : लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका सबै उम्मेद्वार विजयी भएका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्।

उनीहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन्। मतपरिणाममा गठबन्धनका उम्मेद्वारले कुल ४३७४ मतभार पाएका छन् भने एमालेका उम्मेद्वारका पक्षमा ३३१२ मतभार प्राप्त गरेका छन्।

बुधवार विहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको मतदानमा कुल २९६ मतदाता मध्ये २९४ जनाले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell