PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतमा थप २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि



भारतमा थप २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि
dailythepatriot.com

भारतमा पछिल्लो पछिल्लो २४ घन्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको दैनिक संक्रमणदर १९.५९ प्रतिशत रहेको छ।

केही दिनयता भारतमा कोरोना संक्रमणको रफ्तारमा भने कमी आएको छ। हिजो २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैगरि सोमवार ३ लाख ६ हजार ६४ जना, आइतवार ३ लाख ३३ हजार ५३३ जना र शनिबार ३ लाख ३७ हजार ७०४ जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रवार भने संक्रमितको संख्या ३ लाख ४७ हजार २५४ थियो।

त्यसैगरि पछिल्लो २४ घन्टामा ३ लाख ६ हजार ३५७ जना कोरोना संक्रमणमुक्त हुँदा संक्रमणका कारण ५७३ जनाले ज्यान गुमाएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार ४७२ पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell