PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुवानी मोक्तानसँग पहिलो पटक सहकार्य गरेका पुष्प भन्छन् : फरक अनुभव भयो



सुवानी मोक्तानसँग पहिलो पटक सहकार्य गरेका पुष्प भन्छन् : फरक अनुभव भयो

काठमाडौं : अभिनेता पुष्प खड्काले गायिका सुवानी मोक्तानसँग पहिलो पटक सहकार्य गरेका छन्। हिजो सार्वजनिक भएको ‘समय’ बोलको गीतको म्युजिक भिडियोमा पुष्प खड्का र सुवानी मोक्तान एकसाथ देखिएका छन्।

‘सुवानी मोक्तान’को युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको गीतमा सुवानीकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ। साथै, भिडियोमा पुष्प र सुवानी एकसाथ फिचर्ड छन्।

पहिलोपटक सुवानीसँग काम गर्दा निकै सहज र फरक अनुभव भएको पुष्पको अनुभव छ। साथै, सुवानीको गीत सुन्ने बित्तिकै मन परेर काम गर्न राजी भएको समेत उनले सुनाए।

‘सुवानीजीसँग काम गर्दा नयाँ अनुभव भयो। जुन अनुभव अहिलेसम्म काम गरेभन्दा निकै फरक छ। उहाँ कलाकारका साथै राम्रो गायिका हुनुहुन्छ। उहाँका गीतको प्याटर्न नै फरक हुन्छ। जसका छुट्टै युवापुस्ताका अडियन्सहरु हुन्छन्। उहाँसँग भेट्दा फरक मान्छे भेटेको जस्तो लागेको छ। उहाँसँग काम गर्न निकै सहज भयो,’ पुष्पले भने।

आफूले म्युजिक भिडियोबाट राम्रै पारिश्रमिक लिएको र आगामी दिनमा पनि सुवानीसँग काम गर्न मन भएको पुष्प बताउँछन्।

निकेश खड्काले निर्देशन रहेको गीतको भिडियोमा सुवानी र पुष्पसँगै प्रियाना आचार्य र धुव्र बुढाथोकीको समेत अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell