PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माधुरी दीक्षित अभिनीत वेब सिरिज ‘द फेम गेम’ फेब्रुअरी २५ मा रिलिज हुने



माधुरी दीक्षित अभिनीत वेब सिरिज ‘द फेम गेम’ फेब्रुअरी २५ मा रिलिज हुने

बलिउड अभिनेत्री माधुरी दीक्षितको मुख्य भूमिका रहेको वेब सिरिज ‘द फेम गेम’को पोस्टर सार्वजनिक भएको छ। यो वेब सिरिज २५ फेब्रुअरी २०२२ मा रिलिज हुने तय भएको छ।

माधुरीले वेब सिरिजको पोस्टरसहित रिलिज मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। माधुरीको यो डेब्यू वेब सिरिज ओटीटी प्ल्याटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ।

 

करिश्मा कोहलीको निर्देशनमा बनेको वेब सिरिजमा माधुरीका साथै सञ्जय कपूर, मानव कौल, लक्षवीर सरन, सुहासिनी मुले र मुस्कान जाफरीलगायतका कलाकारहरुको अभिनय रहेको छ।

‘द फेम गेम’को कथा बलिउड अभिनेत्री अनामिका आनन्दको जीवनको रहष्यहरुसँग जोडिएको छ। यस वेब सिरिजमा माधुरीले अनामिकाको भूमिका निभाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell