पछिल्लो १० वर्षमा नेपालको जनसंख्या खासै बढेन। हालै तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको जनसंख्या ३ करोड पनि नपुगेपछि चर्चाको विषय बनेको छ।
बसाइँसराई, आर्थिक वृद्धितिर ध्यान, घट्दो जन्मदर देखिन्छ जनसंख्या वृद्धिदर घट्नुको कारण। सामाजिक सञ्जालदेखि चियोचर्चोको विषयमा भने प्रविधिदेखि उमेर ढल्केपछिको बिहेलाई पनि कारणका रुपमा प्रस्तुत गरिँदैछ।