PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति : कसरी हुन्छ गठन, को को हुन्छन् समितिमा?



कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति : कसरी हुन्छ गठन, को को हुन्छन् समितिमा?

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल गर्न आज केन्द्रीय समितिको बैठक डाकेको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रवार ३ बजे बैठक भर्चुअल रुपमा बस्दैछ।

बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ। केन्द्रीय सभापतिले प्रस्ताव गरेको ३१ जना सदस्यलाई केन्द्रीय कार्यसमितिले बहुमतले पारित गरेपछि केन्द्रीय कार्यसम्पादन समितिले पूर्णता पाउनेछ। समितिमा सभापतिदेखि कोषाध्यक्षसम्म पदेन सदस्य रहने व्यवस्था रहेको छ।

को को रहन्छन् कार्यसम्पादन समितिमा?

बिधानको परिच्छेद- ७ मा केन्द्रीय कार्यसम्पादन सम्बन्धी व्यवस्था गरिएको छ। केन्द्रीय समिति बस्न नसकेको अवस्थामा छिटोछरितो काम गर्नका लागि कांग्रेसले कार्यसम्पादन समितिको व्यवस्था गरेको हो। कांग्रेसमा सभापतिसहित १६७ जनाको जम्बो केन्द्रीय कार्यसमिति रहेको छ।

विधानको परिच्छेद ७ को धारा २३ मा कार्यसम्पादन समितिको गठनबारे उल्लेख गरिएको छ।

१) केन्द्रीय कार्यसमितिको सभापति, उप-सभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री, पदेन।

२) सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि एकतीस जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछ। उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नेछ।

३) संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ।

४) केन्द्रीय कार्यसमितिका प्रवक्ता।

यस्तो छ कार्यसम्पादन समितिको काम

१) कार्यसमितिको एउटा बैठक र अर्को बैठककोबीचमा कार्यसमितिले गनुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ।

२) कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनमोदनका लागि प्रस्तुत गर्नेछ।

३) पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ।

(४) समय-समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसंग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell