PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकसाता पछि सर्‍यो आलिया अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को रिलिज डेट



एकसाता पछि सर्‍यो आलिया अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को रिलिज डेट

आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म अब २५ फेब्रअरीमा प्रदर्शन हुने भएको छ। 

१८ फेब्रअरीमा रिलिज हुने भनिएको फिल्म एक सातापछि सरेको हो। फिल्म निर्माण कम्पनीले आज एक प्रेस वक्तव्य निकाल्दै ट्विटरमार्फत फिल्मको नयाँ मितिबारे जानकारी दिएको छ।

 

कोरोनाको दोस्रो लहरपछि यस फिल्मलाई जनवरी ६ मा प्रदर्शन गर्ने घोषणा गरिएको थियो। तर, यसको एक दिनपछि एसएस राजामौलीको फिल्म ‘आरआरआर’ आउने भनेपछि ‘गंगुबाई काठियावाडी’को रिलिज डेट जनवरीबाट १८ फेब्रुअरी पुगेको थियो।

संजय लीला भन्सालीको निर्माण र निर्देशन रहेको फिल्ममा आलिया भाटका साथै अजय देवगनको पनि अभिनय रहेको छ। फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गरेको छ। यो फिल्म हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell