PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थप ६ हजार ८२७ जना कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु



थप ६ हजार ८२७ जना कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो।

१३ हजार ७९१ जनाको आरटी-पीसीआर परीक्षणबाट ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पहिचान भएको हो। परीक्षण गरिएका नमुनामध्ये ३४.३६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमितको संख्या हिजो भन्दा घटेको छ। हिजो २१ हजार ८०८ जनामा कोरोना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना संक्रमण मुक्त भएका छन्। २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell