PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

निर्मला घिसिङको 'शिरफूल'मा चन्द्रकुमारको नयाँ प्रयोग : सेलोमा फ्युजन



निर्मला घिसिङको 'शिरफूल'मा चन्द्रकुमारको नयाँ प्रयोग : सेलोमा फ्युजन

काठमाडौं : गायिका निर्मला घिसिङले नयाँ गीत रिलिज गरेकी छन्। सोनाम ल्होछारको अवसर पारी घिसिङले शीरफूल शीर्षकको नयाँ गीत रिलिज गरेकी हुन्।

गीतमा चन्द्रकुमार दोङको संगीत रहेको छ। सेलो संगीतमा आफूले पहिलोपटक यही गीतबाट नयाँ प्रयोग थालेको दोङले बताए। 'सेलोमा अलिकति चेन्ज गरेको छु। ठ्याक्कै सेलो जस्तो पनि छैन। सुन्दा सेलोजस्तो सुनिन्छ। फ्युजन गरेको हुँ,' तामाङ संगीत र सेलो क्षेत्रमा सम्राटका रुपमा चिनिएका दोङले बताए।

म्युजिक भिडियोमा काम गर्ने क्रममा छिटफुट त्रुटि हुनसक्ने उल्लेख गर्दै दोङले यस गीतको पनि गल्ती औल्याइदिन आग्रह गरे। 'शिरफूल आज आएको छ। यो सानो प्रयास हो। सबैको आआफ्नो दृष्टिकोण हुन्छ। हरेक काम गर्दा त्रुटि हुन्छ नै,' संगीतकार दोङले भने।

गायिका मखमली स्वरकी धनी भएकोले अझै प्रगति गर्न शुभकामनासमेत दिए।

बनस्थलीस्थित बर्गर हाउसमा गीत रिलिजपछि गायिका घिसिङले सबैको माया र साथ पाएरै नयाँ गीत सार्वजनिक गरेको बताइन्। सेलो तथा आधुनिक र तामाङ गीतमा ख्याति कमाएकी घिसिङले शनिवार आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

गीतको शब्द पदम मोक्तानले लेखेका हुन् लय पनि पदमकै हो। अजय स्याङतनको निर्देशन रहेको म्युजिक भिडियोमा रोहनी लामा र नरेन मोक्तान फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell