PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कैलालीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु



कैलालीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु
फाइल फोटो।

कैलाली : कैलालीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। गौरीगंगा नगरपालिकाकी ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जनाकारी दिए।

जोशीका अनुसार उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो। त्यस्तै, सेती प्रादेशिक अस्पतालमै उपचाररत कञ्चनपुरको कृष्णपुरका ३१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको जोशीले बताए।

उनलाई पनि हिजो मात्रै सेतीको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान साढे ११ बजे उनको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell